अजय मिश्रा/कपिलवस्तु आइतबार, फाल्गुण ११, २०८१

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेटबाट लगभग पन्ध्र किलो चरेश सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन् ।

यात्रुगेट हुदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन् । फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी बिशेष टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेट स्थितबाट पक्राउ गरेको हो ।

शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नम्बर ४ हाल थवाङ गा.पा. वडा नम्बर ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गा.पा. वडा नम्बर बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गा.वि.स. वडा नम्बर ६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स.वडा नम्बर ४ हाल शिवराज न.पा. वडा नम्बर ९ बानियाभार बस्ने बर्ष अन्दाजी ६६ को सुकलाल घर्ती मगर लागु औषध चरेश सहित पक्राउ परेका छन् ।

त्यस्तै निजहरूलाई रोकी चेकजाँच गर्दा निजहरुले सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

प्रेम सरी रोकाको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तु शुद्ध तौल ०५ (पाँच) किलोग्राम ९६८ (नौ सय अर्सठ्ठी) ग्राम Infinix कम्पनीको मोबाईल थान १ (एक), सरिता पुन मगरको साथबाट लागु औषध (चरेस) जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०५ (पाँच) किलोग्राम ६७८ (छ सय अठहत्तर) ग्राम, POCO कम्पनीको मोबाईल थान १ (एक), सुक लाल घर्ती मगरको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०३ (तिन) किलोग्राम १२८ (एक सय अठ्ठाईस) ग्राम, itel कम्पनीको मोबाईल थान १ (एक) गरी तिनै जनाको साथबाट कुल जम्मा १४ (चौध) किलोग्राम, ७७४ (सात सय चौहत्तर) ग्राम लागु औषध चरेस जस्तो देखिने चिजवस्तु, मोबाईल फोन थान ३ (तिन) फेला पारी रित पुर्वक बरामद भएको छ ।

त्यस्तै प्रेम सरी रोका, सरिता पुन मगर र सुकलाल घर्ती मगरलाई रित पुर्वक पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट दश दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]