
Jsbg-7
Jsbr-3
Usbl-7
Csbg-7
Rksr-7
Msbg-2
Gsbg-3
Pbu
ksbl-7
Gsbr-6


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -७ बन घुस्रीमा रहेको कर्रि सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनःकिशोर कुमार घर्ती मगर निर्वाचित भएका छन् ।
समूहको शनिबार सम्पन्न भएको २४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट घर्ती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । जस्को बरिष्ठ उपाध्यक्षमा हरिराम चौधरी,उपाध्यक्षमा देवा वली, सचिबमा छोट्कहनिया चौधरी,कोषाध्यक्षमा महाबिर चौधरी निर्बिरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा दिलकुमारी पुन,धनबहादुर पुन, बासुदेबी चौधरी,उर्मिला चौधरी,ज्योती तामाङ घर्ति र लिलासरी गुरुङ निर्वाचित भएका छन् भने सल्लाहकारहरुमा खोजीराम चौधरी,शिबराज गिरी र अनन्तराम चौधरी चयन भएका हुन् ।
यस्तै उक्त सामुदायिक वनको अध्यक्ष किशोर कुमार घर्ती मगर २०७३ सालदेखि निरन्तर समूहको नेतृत्व सम्हाल्दै आएका छन् ।
