Sidha Patra शनिबार, फाल्गुण १०, २०८१

गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास– छल्दी सडकखण्ड जीर्ण बन्दै गएको छ । राजमार्गको तम्घासदेखि छल्दीसम्मको ९ किलोमिटर कालोपत्रे गरिएको सडक हस्तान्तरण नहुँदै भत्किएर दुर्घटनाको जोखिम बढेको छ ।

त्यस्तै सडकका नाली पनि बिग्रिएका छन् । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । कालोपत्रे सडक भत्किएर वषौंसम्म मर्मत नगर्नुले यस भेगका नागरिकले जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको रेसुङ्गा–४ का स्थानीय कमल रानाले बताए ।
उनले सडक मर्मतका लागि कार्यालयलाई जानकारी गराएपनि कुनै सम्बोधन नभएको गुनासो गरे ।

सडकको छल्दी तम्घास खण्ड सदरमुकाम नजिकै रहेर पनि मर्मतमा ध्यान नजानु दुखद रहेको धुर्कोट–५ का स्थानीय जोघुलाल भण्डारीले बताए ।
पक्की सडकका घुम्ती भएको स्थानमा जीर्ण सडक बनेकाले कैयौं सवारी साधानहरु दुर्घटना हुने गरेको भण्डारीले बताए । कालोपत्रे सडक भत्किएको वषौं बित्दा समेत ध्यान नजानुले दुःखद् पक्ष रहेको उनले बताए ।

त्यस्तै सडक निमार्णको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले ९ किलोमिटर सडक क्लियर गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन सकेको छैन । सडक हस्तान्तरण नहुदाँ मर्मत सम्भारमा समेत समस्या परेको मदन भण्डारी योजना कार्यालय तम्घासका प्रमुख इन्जिनियर रमेश चौधरीले बताए ।

सडक निर्माणका लागि ३६ करोड ४४ लाखको इस्टिमेट गरेर २१ करोड १० लाख ९४ हजारमा निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेका थिए । तर, सम्झौता अनुसार काम नसकेपछि दुईपटक थप गरेर अन्तिम म्याद २ चैत ०७६ को दिइएको थियो । सम्झौता रकममध्ये २० करोड ६९ लाख ७० हजार भुक्तानी भइसकेको छ । ठेक्का हस्तान्तरणपूर्व निर्माण व्यवसायीले गर्नुपर्ने मर्मत–सम्भारका काम नगरेपछि बाँकी भुक्तानी भने रोकिएको थियो ।

कार्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायीले मुद्दा दर्ता गरेका थिए । निर्माण व्यवसायीले मुद्दा जितेपछि फेरि विभागले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । उच्चले पनि निर्माण व्यवसायीकै पक्षमा फैसला गरेको थियो । विभागले फेरि सर्बोच्चमा मुद्दा लडने तयारी गरेकाले सडक तत्काल मर्मत हुने देखिंदैन । मुद्दाको कारण स्वतन्त्र रूपमा सडकको मर्मत–सम्भार गर्न नसकिएको कार्यालयले जनाएको छ ।

मुद्दाको किनारा लागेपछि मात्रै मर्मतको काम गर्न सकिने उनको भनाइ छ । सम्झौता अनुसारकै काम पनि बाँकी रहेकाले पछि पनि थप समस्या देखिएको हो । सडकको सेउघा, छल्दी लगायतका धेरै ठाउँमा कालोपत्रे सडक दिनहुँ जीर्ण बन्दै गएको हो ।

यस्तै यहाँ साना ठूला सवारी साधन दुर्घटनाको जोखिममा पर्ने गर्नेका छन् । राजमार्गको तम्घासदेखि २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो । त्यस बीचको तम्घास छल्दी खण्ड बाहेक अनेत्र मर्मत गर्ने कार्य भएको छ । पूरै २९ किलोमिटर सडक करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएको थियो ।

राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बागलुङ र प्युठानसम्म सवारी साधान आवतजावत गर्दछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]