
Jsbg-7
Usbl-7
Csbg-7
Jsbr-3
Gsbr-6
Gsbg-3
Msbg-2
ksbl-7
Pbu
Rksr-7


दाङ । देउखुरीमा एक जना पुरुष मृत फेला परेका छन । यसरी फेला पर्नेमा लमही नगरपालिका वडा नम्बर- ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्री रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिए ।
यस्तै पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए। खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा खत्रीको शव भेटिएको हो ।
त्यस्तै गोठालो गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
