Sidha Patra शुक्रबार, फाल्गुण ०२, २०८१

कैलाली । कैलालीमा तास खेलिरहेको अवस्थामा बिहीबार राति ९ जना व्यक्तिहरु पक्राउ परेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर-३ की २८ वर्षीया पूजा खड्काले धनगढी उपमहानगरपालिका वडा नम्बर-४ मा सञ्चालन गरेको होटल सोल्टीबाट राति साढे ११ बजे तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार होटल सञ्चालक खड्का, आलिताल-७ का ४९ वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका-३ की २५ वर्षीया हिमा धामी र पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय कालु सिंह धामीलाई तास खेलेको अवस्थामा पक्राउ गरिएको हो।

यस्तै बैतडीको पाटन नगरपालिका-४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका-९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका-३ का ३० वर्षीय मिन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका-८ का ४३ वर्षीय सुरज दौल्याल पनि पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट एक लाख ९७ हजार ६ सय ७२ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]