धनगढी । धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन् मंगलवार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको हो ।
राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने ती युवकलाई मंगलवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। डिउटीमा रहेका प्रहरी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।