
Jsbg-7
Msbg-2
Gsbg-3
Usbl-7
Rksr-7
Gsbr-6
Jsbr-3
Pbu
ksbl-7
Csbg-7


दाङ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक सुवि धासम्पन्न नवनिर्मित भवनकाे मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको स्थान र यहाँको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको बताए । उनले निकट भविस्यमा डिएसपीको नेतृत्व हुनेगरी अहिले प्रहरी निरीक्षकलाई खटाउने विश्वास दिलाए । प्रहरी अतिरिक्त महानिरीक्षक राईले सडक दुर्घटना,लागुऔषध दुर्वेसन,यौनजन्य क्रियाकलाप, आत्महत्या जस्ता समस्यालाई निराकरण गर्न प्रहरीले आफ्नो भूमिकालाई प्राथमिकतामा राखेको बताए ।
त्यस्तै उनले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको बताए । उनले प्रहरी संगठनको सशक्तीकरण र जनसुरक्षाका लागि सरकारले निरन्तर योगदान दिइरहेको उल्लेख गरे ।
नयाँ भवन नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएको हो । कार्यालय, ब्यारेक, संचार शाखा तथा प्रहरी प्रमुखको निवास रहेको यो भवन चार करोड ४८ लाख २५ हजार रुपैयाँको लागतमा तयार गरिएको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का सम्झौता भएको निर्माण कम्पनीले २०७९ मंसिर १३ गतेदेखि निर्माण कार्य सुरु गरी २०८१ साउन २७ गते सम्पन्न गरेको हो ।
कार्यालयभित्र प्रहरीका लागि आवश्यक सबै संरचनाहरू छन् । भवनको तल्लो भागमा कार्यालयका लागि सात कोठा छन् । पहिलो तलामा प्रहरी कर्मचारीका लागि ब्यारेक बनाइएको छ, जसमा महिला प्रहरीका लागि छुट्टै शौचालय र स्नानगृहको व्यवस्था गरिएको छ । माथिल्लो तलामा प्रहरी प्रमुखको निवास,संचार शाखा तथा अन्य आवश्यक कोठाहरू छन् । यस्तै, छुट्टै भान्सा घर र शौचालयको निर्माण गरिएको छ ।
त्यस्तै भवन उद्धाटन समारोहमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ईलाका प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाताहरु र निर्माण व्यवसायलाई सम्मान समेत गरिएको थियो ।
यस्तै उद्धाटन कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, पत्रकार तथा स्थानीयको कार्यक्रममा उपस्थिति थियो । प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अम्मर माझीले गरेका थिए ।
