
Gsbg-3
Msbg-2
ksbl-7
Rksr-7
Jsbr-3
Pbu
Csbg-7
Jsbg-7
Usbl-7
Gsbr-6


दाङ । लमहीमा संचालित रहेको साताैं देउखुरी कृषि,पर्यटन तथा व्यापारीक महोत्सव आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा गत माघ १० गतेदेखि लमही नगरपालिका वडा नम्बर -५ लमहीमा रहेको अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्कमा सञ्चालित महोत्सव सम्पन्न भएको हो ।
संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता एवम् लमही नगरपालिकाका नगरप्रमुख जोगराज चाैधरीको प्रमुख आतिथ्यतामा भएको महोत्सव समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरीले यस क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले लमही क्षेत्र पर्यटन क्षेत्रको प्रचुर संभावना रहेकोले त्यसको विकासका लागि स्थानीय संघ-संस्थाको सहकार्यमा अगाडि बढ्ने बताएका छन् ।
सो अवसरमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चाैधरी,नेपाली कांग्रेसका लमही नगर सभापति सन्तोष बुढाथोकी,नेकपा एमालेका लमही नगर कमिटी अध्यक्ष रतनकुमार केसी,नेकपा माओवादी केन्द्र लमही नगर कमिटी अध्यक्ष दिलकुमार श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टीका लमही नगर सभापति शिवलाल भण्डारी,राप्रपाका लमही नगर अध्यक्ष दुर्गा सुवेदी,नेकपा एकीकृत सामाजवादीका शशिराम नेपाली,राष्ट्रिय जनमोर्चा लमही नगर कमिटी अध्यक्ष बासुदेव भट्टराई,देउखुरी उद्योग वाणिज्य संघ लमहीका निर्वतमान अध्यक्ष खगेश्वर खनाल,लमही चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसाल, अजम्बरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाल,रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरे,लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष शिवा चाैधरी लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए ।
त्यस्तै बोल्ने वक्ताहरूले १७ दिनसम्म सञ्चालन भएको महोत्सव छिटपुट घटना बाहेक भव्य रूपले सम्पन्न भएको बताएका थिए । उनीहरूले मेला महोत्सवले यश क्षेत्रको विकास तथा पर्यापर्यटनको प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए । यस्तै वक्ताहरूले लमही क्षेत्रमा ठुला ठुला कार्यक्रम तथा मेला महोत्सव सञ्चालन गर्न खुल्ला चाैर नभएकोले अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्क भित्र व्यवस्थित मञ्च सहितको चाैर बनाउन सवै राजनीतिक दल, स्थानीय सरकार र सरोकारवालाहरूले पहल गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।
कार्यक्रममा परम्परा र संस्कृति झल्किने झाँकी प्रदर्शनमा मजगाउँ युवा क्लव लमही-३ मजगाउँ प्रथम, लमही मगर समाज लमही-५ द्वितीय, थारू कल्याणकारिणी सभा लमही-५ तृतीय भएका छन् । पुरस्कृत हुनेहरूलाई क्रमश २० हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसै गरि परम्परागत माैलिक लोकनृत्य, गायन तर्फ चम्बोला ताल थारू साँस्कृतिक कला केन्द्र गढवा-७ को झुम्रा नाच प्रथम, गढवा पञ्चेबाजा संरक्षण संस्था गढवा-६ को पञ्चेबाजा, सोरठी द्वितीय र नेपाल कुमाल समाज लमही- ५ को सोरठी तृतीय भएका छन् । पुरस्कृत हुनेहरूलाई क्रमश १ लाख, ५० हजार र १५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । कृषि उद्यम तर्फ भैसकुर्मा कृषक समूह लमही-४ को तरकारी बाली प्रथम, गढवा गाउँपालिका देउखुरी हेफर भिटा प्रोजेक्ट का कृषकको तरकारी बाली द्वितीय भएका छन् । पुरस्कृत हुनेहरूलाई क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै कृषि उद्यम तर्फ गढवा गाउँपालिका देउखुरी हेफर भिटा प्रोजेक्टका कृषकको पशु बोका प्रथम, लखनराम चाैधरी लमही-४ को पशु बोका द्वितीय भएका छन् । पुरस्कृत हुनेहरूलाई क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । कृषि उद्यम तर्फ बुर्हान बहुउद्देश्यीय कृषि फर्म लमही-६ को पंक्षी भाले प्रथम, एफ.बि बहुउद्देश्यीय नर्सरी लमही-३ को फूल र तरकारी बेर्ना प्रथम, न्यू लालीगुराँस नर्सरी लमही-३ को फूल द्वितीय, गढवा गाउँपालिका देउखुरी हेफर भिटा प्रोजेक्ट का कृषक गड्याैला मल उत्पादन, सफलता थारू तथा लघु उद्यम समूह लमही-६ को कन्य तथा गोब्रे चयाउ, लालीगुराँस , दिपावली थारू कुमाल समूह गढवा-३ को माटाका भाँडा, गणेश बहादुर चाैधरी लमही-२ को तरकारी, दामोदर अधिकारी लमही-३ को तरकारी र तुलसीराम पाण्डे लमही-५ को तरकारी सान्त्वना भएका छन् । पुरस्कृत हुनेहरूलाई क्रमश १० हजार र ५ हजार र २/२ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा मुख्य प्रायोजक, सहप्रायोजक, प्रायोजक, सहयोगी संघसंस्था, पत्रकार, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी, संघसंस्था, सुरक्षाकर्मी, सुरक्षा गार्ड लगायत दर्जन बढीलाई कदरपत्र सहित सम्मान गरिएको थियो । भने कार्यक्रमको बीच-बीचमा विभिन्न संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियोे । संघका उपाध्यक्ष केशवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको महोत्सव समापन कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरी श्रेष्ठले गरेका थिए । यसै बीच महोत्सव आइतबार अन्तिम दिन चर्चित गायिका रचना रिमालले आफ्ना थुप्रै प्रस्तुतीले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । गत माघ १० गते देखि २७ गते सम्म सञ्चालन भएको महोसत्सवबाट संकलित रकमले आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखिएको छ ।
यस्तै कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको थियो । महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएको थियो ।
त्यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको थियो । त्यसैगरी जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
