दाङ । तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –७ घुसरीका जंघु चौधरी रहेका छन ।
त्यस्तै आईतबार दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको थियोे । घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।
यस्तै ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि अहिले घोराही–तुलसीपुर अवरुद्ध भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।