सल्यान । सल्यानमा जारी दोस्रो बृहत महोत्सवमा भीषण आगलागी भएको छ । महोत्सव सुरु भएको आठौं दिन राति लागेको आगोले करोडौं मुल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
माघ १८ गतेबाट सञ्चालनमा आएको महोत्सवमा हिजो राति अचानक आगलागी हुँदा विभिन्न व्यवसायिक स्टल,उपकरण र सामग्री जलेर नष्ट भएका छन् । आगलागीको कारण अझै खुल्न सकेको छैन भने यस बारेमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।
त्यस्तै स्थानीय व्यापारीहरू ठूलो क्षतिमा परेको भन्दै उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइए पनि ठूलो मात्रामा आर्थिक क्षति भएको अनुमान गरिएको छ ।