Sidha Patra शनिबार, माघ २६, २०८१

दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको २२ औँ साधारण सभा घोराही सम्पन्न भएको छ ।

समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं पूर्व अध्यक्ष यादव शाहको प्रमुख आतिथ्यता एवं सल्लाहकार सुरेश हमाल र पूर्वअध्यक्ष मिनराज वलीको विशिष्ठ आतिथ्यमा साधारण सभा शनिवार सम्पन्न भएको हो ।

साधारण सभा उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले देशमा देखिएको आर्थिक मन्दीका कारण उद्योगहरु पूर्ण रुपले सञ्चालन हुन नसक्दा ट्रक व्यवसायी एवं मालमाहक सवारी साधनहरुले भोग्नुपरेको बताएका थिए । सडक स्तरउन्नति नहुँदा मालबाहक सवारी साधनको मर्मतमा आर्थिक भार पर्न गएको बताउदै उनीहरुले भारतिय मालबाहक साधनहरु देशभर निर्वाद रुपमा सवारी धनीहरुलाई प्रत्यक्ष असर परेको बताएका थिए । साथै उनीहरुले यातायात व्यवसायी एक भएर अगाडी बढ्न आवश्यक रहेको पनि बताएका थिए ।

त्यस्तै सो अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिका प्रशासनिक सचिव शुभाष श्रेष्ठले यातायात व्यवसायीहरुको हकहितकालागि समितिले काम गर्दै आएको बताए । समितिमा आवद्ध व्यवसायीहरु दुखमा परेको समयमा राहत स्वरुप रकम उपलब्ध गराउने,व्यवसायीहरुको दुर्घटना बिमा गरिदिने, व्यवसायीहरुको समस्यालाई छिटो छरितो रुपमा सञ्चालन गर्नकालागि घोराही,तुलसीपुर र लमही क्षेत्रमा क्षेत्रिय संयोजक तोकेर काम अगाडी बढाएको, दुर्घटना बिमालाई व्यवस्थित गर्नकालागि बिमा समिति गठन गरि काम अगाडी बढाएको जानकारी दिए । साथै उनले आगामी दिनमा लमहीमा रहेको काँटालाई प्रविधीयुक्त बनाई पूर्ण रुपले सञ्चालन गर्ने, भाुलुवाङ र अमेलियामा रहेको चेक पोष्टलाई थप व्यवस्थित गरि सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

साधारण सभामा कोषाध्यक्ष हिमन्तप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रशासनिक सचिव शुभाष श्रेष्ठले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]