काठमाडौँ । बाँके सहित देशका विभिन्न स्थानमा ४ जना मानिसहरु मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर -१९ भैयापुरस्थित राझादेखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका-११ बस्ने २८ वर्षीय विक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै संखुवासभा,चिचिला गाउँपालिका-१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरुङ सोही ठाउँस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् । यस्तै सुनसरी, बर्जु गाउँपालिका -४ हस्नपुरस्थित बेलाहाबाट साहेबगंज जाने सडक छेउमा सोही ठाउँ बस्ने २८ वर्षीय रूपेश कुमार चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर -८ श्रीपुरस्थित परालको कुनिउ मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।