Sidha Patra बुधबार, माघ २३, २०८१

काठमाडौं । जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा आज विरोध प्रदर्शन गरेका छन् ।

त्यस्तै उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् । अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीन पटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार लगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् ।

यस्तै सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्रलाई प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । विवाह दर्ता गरिसकेपछि पनि उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । अन्तरजातीय विवाह छुटाउनकै लागि यसरी प्रहरीले दमन गर्दै आएको पीडितले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा यसरी अन्तरजातीय विवाह गर्ने किशोर–किशोरीलाई पटक–पटक पक्राउ गरिएको उजुरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले भने सो घटनाको विषयमा आफूलाई सामान्य जानकारी समेत नभएको दाबी गरेका छन् । उता प्रहरी प्रधान कार्यालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गरी बालविवाहको मुद्दा दर्ता भएको आधारमा रामलाई पक्राउ गरिएको र जातीय विभेदको मुद्दामा कारबाहीका लागि कटिबद्ध रहेको प्रस्टीकरण समेत दिएको छ । नयाँ पत्रिका

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]