
Pbu
Csbus
gms
Amb
Ratbs
Ddhbs
Nssbus7
Ssbus
Jsbus
Gsbus
Gsl
dsbus
Bksbus5
Syees
Rbs
syysr

Rgs
nsb
Ggd
Bbbpu
Gst
Bbu
Rgu
Pvg
Sbs
Rsb
Rgu
Hal
Ksm
Vor
Tsm
Sls
Asm
Wsp
Ssm

Gsb
Pls
Rmb
sab
Ptm
bbt
Bml
Mks
Jmb
Rpp
Abd
Syp
Jmb
दाङ । रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ मंगलबार सम्पन्न गरेको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोहलीमा रहेको विद्यालयले वार्षिकोत्सवका अवसरमा विज्ञान,प्रविधि तथा कला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम सहित भव्यता साथ वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको हाे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यौपानीले नेपालमै रोजगारी सिर्जना गर्ने किसिमको शिक्षा प्रदान गर्ने कुरामा जोड दिदैँ उनले नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन जरुरी रहेको समेत बताएका छन् ।
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले ठुला- ठुला उद्योग कलकारखाना सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउँदै निजी विद्यालयले शैक्षिक गुणस्तर बृद्धिमा ठूलो टेवा पुर्याई राज्यलाई सहयोग गरेको बताए ।
मंत्री न्यौपानेले सामुदायिक विद्यालय र निजी विद्यालयबीच समन्वय आवश्यक रहेको समेत बताएका छन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री इन्द्रजीत थारुले समुदायिक विद्यालय र निजी विद्यालय एक अर्कालाई कमजोर बनाउने भन्दा दुबै विद्यालयलाई मिलाएर लैजान सरकारले वहस चलाएको बताए । उनले कसैले आफ्नो लगानीमा गुणस्तरीय शिक्षा लिन चाहन्छ भने पाउनुपर्ने उनको भनाइ थियो ।
विद्यालयका लेखा संयोजक सुरेश शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिकाका पूर्व प्रमुख कुलबहादुर केसी, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने,नेकपा माओवादी केन्द्रका बसन्तराज शर्मा,विव्यसका पूर्वअध्यक्ष निमानन्द गैरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै विद्यार्थीहरुले सास्कृतिक नृत्य,गीत प्रस्तुत गरेका थिए । साथै उनीहरुले विज्ञान,प्रविधि कला प्रदर्शनी पनि गरेका थिए ।
विद्यालयको वार्षि प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन विद्यालयका प्रिन्सिपल वसन्त न्यौपानेले गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक कृष्ण घिमिरे र पूर्णबहादुर वलीले गरेका थिए ।
