दाङ । देउखुरीको लमहीमा क्रियटिभिटी एजुकेशन फाउण्डेसन प्रालीको शाखा कार्याल सोमबार उद्घाटन भएको छ ।
विगत दश वर्षदेखि घोराहीमा सञ्चालनमा रहेको फाउण्डेसनको शाखा कार्यालय लमही -५ लमही देउपुर रोडमा पनि खुलेको शाखा कार्यालयका प्रबन्धक निर्देशक शरद अधिकारीले जानकारी दिए ।
त्यस्तै निर्देशक अधिकारीका अनुसार विदेश अध्ययनमा जानकालागि फाउण्डेसनले सघाउनेछ । जापान,कोरिया, यूके, क्यानडा,अष्ट्रेलिया,यूरोप लगायतका देशमा विद्यार्थीलाई अध्ययनका लागि पठाउन सघाउने छ ।
उक्त फाउण्डेशन शाखा कार्यालयलाई देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग संह ठकुरीले रिबन काटेर उद्घाटन गरेका हुन् ।