दिपक वली/घोराही शनिबार, पुष २७, २०८१

दाङ । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यार्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । विभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ ।

सफलताको खुट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थीहरुको लागि अत्यधिक सेवा सुविधा दिदै आएको विद्यालयले एकपछि अर्को सुविधा दिदै आएको छ । यसै अवशरमा गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थीहरुको लागि नि:शुल्क स्केट पार्क संचालनमा ल्याएको हो ।

दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको छ । मनोञ्जनको लागि विद्यार्थीहरु ब्यबसायिक रुपमा खोलिएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थीहरुको लागि हटेको विद्यालयको भनाई छ । पढाईसंगै अन्य अतिरीक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थीहरुको सर्वाङ्गिन विकास गर्ने उद्धेश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले जानकारी दिए ।

त्यस्तै गुरुकुल एकेडेमी लमहीमा स्केटपार्क संचालनमा आउनु विद्यार्थीहरुको लागि सुखद र फाइदाजनक कार्य रहेको देउखुरी उद्योग बाणिँज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका ठकुरीले पार्कको उद्धटन गर्दै यस्तो बताएका हुन् । आगामी दिनमा गुरुकुलमा अध्ययण गर्ने विद्यालर्थीहरुले स्केट पार्कमा नि:शुल्क रुपमा प्रयोग गरी यसबाट मनोरञ्जन लिन सक्नेछन ,” ठकुरीले भने” साथै विद्यालयले यहीँ माघ २१ गते सरस्वति पुजाको अवशरमा नि:शुल्क भर्ना समेत खोलेको छ ।

यस्तै सिमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालीकाहरुको भर्ना गरी शैक्षिक संगै अतिरीक्त कृयाकलाप तथा ब्यबहारीक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी तुलसिपुरले पनि विद्यार्थीहरुको लागि स्केटपार्कको सुविधा थप गरी यस अघिनै संचालनमा ल्याएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]