
Ppu

Tsb
Hl1
Usb
Gsb
Ssb

Nps
Rgu
ptl
दाङ । दङ्गाली गायक, सर्जक तथा संगीतकार अमर दर्लामी मगरले ‘वृन्दना’ नामक लोक गीत बिहिबार दिउँसो सार्वजनिक गरेका छन् ।
नितान्तै मौलिक रुपमा बनेको सो गितले विशेषगरी मध्यपश्चिम क्षेत्रको साङ्गितिक रसलाई उत्कृष्ट तरिकाले उतार्ने प्रयास गरेको छ । बिहिबार दिउँसो बिन्दवासिनी म्युजिक युट्युब च्यानलमार्फत बजारमा आएको सो गितमा लोकप्रीय गायिका मेलिना राई र प्युठानी उदायमान गायक बिनोद परियारले आवाज भरेका छन भने शब्द तथा सङ्गीत अमर दर्लामी मगरकै रहेको छ ।
उत्कृष्ट शब्द चयन, मिठो लय तथा खड्क बुढा मगर र केशब राना मगरको जोर मादलले गितलाई झन सुन्दर बनाएको छ । स्मृती तिमिल्सिना “गुरुआमा” द्वारा निर्देशित, बद्री प्रसाद तिवारी तथा ज्योती खड्काद्वारा अभिनित यस गित नाच्न, झुम्न र शाब्दिक अर्थ बुझ्न रुचि राख्ने दर्शकश्रोताहरुका लागि उपहारको रुपमा सावित भएको कुरा मगरले हामिलाई जानकारी दिए । ” मायाप्रेमका सन्दर्भसमेत थपिएको यस गितले लोक गितमा रुचि राख्ने दर्शकश्रोताहरुको मन जित्ने कुरामा दुई मत छैन।” मगरले थपे ।
काठमाडौंमा रहेर नेपाली गित सङ्गित क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका २८ वर्षीय अमर दर्लामी मगर दाङ्ग गढवा – १ कालाकाटेमा जन्मिएका हुन। सामान्य परिवारमा जन्मिएका मगरले गितसङ्गितकै लागी काठमाडौंमा राती दोहोरी साझ अनि दिनमा सच्चाइमा काम गर्ने गर्छन । लामो समयसम्म कालाकाटेस्थित प्रतिस्ठा एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराएका मगर सङ्गितमा घोत्लिन पाए सबैथोक बिर्सने उनी नेपाली गित सङ्गीत क्षेत्रलाई महत्त्वपूर्ण योगदान गर्ने अठोट लिएका छन् ।
गितका शब्द लेख्न र लय भर्न खास रुचि राख्ने उनले कक्षामा पढाउदै गर्दा पनि गित लेख्ने र बनाउने गर्थे। सबैसङ्ग मिल्न मन पराउने उनी मिलनसार र सरल स्वभावका छन् । उदायमान कलाकारका रुपमा छाएका मगरका यसअघि पनि धेरै गितहरु सार्वजनिक भएका छन भने केही गितहरु मिलियन क्लव भ्युजका साथै ट्रेन्डिङमा पनि परेका छन् । मुनामदन, मुग्लान, रगत नशा, मरे नि म त लौ आदि बोलका गितहरु बजारमा आइसकेका छन भने कसमै, वार्दलिमा बतासी, धजा बरमा, तारा खसेको जस्ता गितहरु क्रमश रिलिज हुने क्रममा छन् ।
