
Amb
syysr
Ssbus
Syees
Rbs
dsbus
Gsl
Nssbus7
Ddhbs
Gsbus
gms
Csbus
Bksbus5
Jsbus
Ratbs
Pbu

Bbu
Asm
Gst
Ggd
Rgu
Ksm
Hal
nsb
Ssm
Sbs
Sls
Bbbpu
Wsp
Pvg
Vor
Tsm
Rsb
Rgu
Rgs

Mks
bbt
Syp
Ptm
Jmb
Bml
Pls
sab
Abd
Rpp
Rmb
Gsb
Jmb
दाङ । दङ्गाली गायक, सर्जक तथा संगीतकार अमर दर्लामी मगरले ‘वृन्दना’ नामक लोक गीत बिहिबार दिउँसो सार्वजनिक गरेका छन् ।
नितान्तै मौलिक रुपमा बनेको सो गितले विशेषगरी मध्यपश्चिम क्षेत्रको साङ्गितिक रसलाई उत्कृष्ट तरिकाले उतार्ने प्रयास गरेको छ । बिहिबार दिउँसो बिन्दवासिनी म्युजिक युट्युब च्यानलमार्फत बजारमा आएको सो गितमा लोकप्रीय गायिका मेलिना राई र प्युठानी उदायमान गायक बिनोद परियारले आवाज भरेका छन भने शब्द तथा सङ्गीत अमर दर्लामी मगरकै रहेको छ ।
उत्कृष्ट शब्द चयन, मिठो लय तथा खड्क बुढा मगर र केशब राना मगरको जोर मादलले गितलाई झन सुन्दर बनाएको छ । स्मृती तिमिल्सिना “गुरुआमा” द्वारा निर्देशित, बद्री प्रसाद तिवारी तथा ज्योती खड्काद्वारा अभिनित यस गित नाच्न, झुम्न र शाब्दिक अर्थ बुझ्न रुचि राख्ने दर्शकश्रोताहरुका लागि उपहारको रुपमा सावित भएको कुरा मगरले हामिलाई जानकारी दिए । ” मायाप्रेमका सन्दर्भसमेत थपिएको यस गितले लोक गितमा रुचि राख्ने दर्शकश्रोताहरुको मन जित्ने कुरामा दुई मत छैन।” मगरले थपे ।
काठमाडौंमा रहेर नेपाली गित सङ्गित क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका २८ वर्षीय अमर दर्लामी मगर दाङ्ग गढवा – १ कालाकाटेमा जन्मिएका हुन। सामान्य परिवारमा जन्मिएका मगरले गितसङ्गितकै लागी काठमाडौंमा राती दोहोरी साझ अनि दिनमा सच्चाइमा काम गर्ने गर्छन । लामो समयसम्म कालाकाटेस्थित प्रतिस्ठा एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराएका मगर सङ्गितमा घोत्लिन पाए सबैथोक बिर्सने उनी नेपाली गित सङ्गीत क्षेत्रलाई महत्त्वपूर्ण योगदान गर्ने अठोट लिएका छन् ।
गितका शब्द लेख्न र लय भर्न खास रुचि राख्ने उनले कक्षामा पढाउदै गर्दा पनि गित लेख्ने र बनाउने गर्थे। सबैसङ्ग मिल्न मन पराउने उनी मिलनसार र सरल स्वभावका छन् । उदायमान कलाकारका रुपमा छाएका मगरका यसअघि पनि धेरै गितहरु सार्वजनिक भएका छन भने केही गितहरु मिलियन क्लव भ्युजका साथै ट्रेन्डिङमा पनि परेका छन् । मुनामदन, मुग्लान, रगत नशा, मरे नि म त लौ आदि बोलका गितहरु बजारमा आइसकेका छन भने कसमै, वार्दलिमा बतासी, धजा बरमा, तारा खसेको जस्ता गितहरु क्रमश रिलिज हुने क्रममा छन् ।
