Sidha Patra बिहिबार, पुष २५, २०८१

रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ ।

एकाबिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरि सकेको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ ,फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले भने मंगलवार नै एक सुचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।

त्यस्तै चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ । लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

यस्तै जिल्लाको १८ स्थानिय तह मध्ये अधिकांशले बिद्यालय बन्दको सूचना जारी गरिसकेको छ। पछिल्लो एक सातादेखि मधेश प्रदेशमा बिहानैदेखि चल्ने शितलहरको कारण अत्यधिक चिसो बढेर मानिसको जनजीवन प्रभावित भइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]