
Sys
Ppu
Gsbus
gms
smb
jms
Ssbus

Ssb
bml
Asm
bmj
Tsb
cks
Usb
Ln8
Dps
Sbs
Ln3
Ln2
Ln7
Gg1
Gsb
Rys
Gg5
Ln9
Ln1
kbs

Jpb
Ksb
Sab
Sml
Gjl
Sbs
Gg4
Rss
Gg2
ptl
Snk
Bpb
Gg3
Gg6
Nps
Rgu
Jab
दाङ । दाङ जिल्लामा कोरोना विरुद्ध खोप बुधबार विभिन्न तह र तप्कामा रहनु भएका २०८ जनालाई लगाईएको छ ।
पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी, सरसफाइ कर्मी,राष्ट्रसेवकलगायतलाई पहिलो चरणको खोप दिईएको हो । राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनु भयो ।
अहिले घोराही र तुलसीपुरबाट खोप प्रदान गरिएको भएपनि केही समयपछि लमहीमा पनि खोप प्रदान गरिने उहाँको भनाई छ । दाङमा ६ हजार डोज खोप आएको चन्दको भनाई रहेको छ । जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सागर पन्थी र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले खोप लगाएर उद्घाटन गर्नु भएको थियो ।
दाङमा १० दिनसम्म खोप संचालन रहने छ । अन्य पालिकाहरुमा पनि खोप सेवा संचालन हुने छ । एक व्यक्तिलाई दुई पटक खोप दिईने भएकाले २८ दिन पछि पुनः दोस्रो चरणको खोप दिईने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनु भएको छ । साथै दाङमा पहिलो चरणमा तीन हजार बढीलाई कोरोना खोप लगाइने उहाँले जानकारी दिनु भयो ।
पहिलो चरणमा खोप लगाएकाहरुले खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो चरणको खोेप लगाउन पर्ने हुन्छ । भारत सरकारले नेपाल सरकारलाई १० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिएको हो । खोप लगाउन पाउँदा आफूहरु खुसी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका फार्मेसी प्रमुख सुलभ अधिकारीले बताउनु भएको हो ।
