
Rsbus
Gsbus
Lsbus
Bsbus
Gsbus
Gsbus
Lsbus
Nssbush
Ssbus
Ksbus
Ses
Ksbus
Gis
Ssbus
Pbu
Gms
Gss
ebg
Gsl
Gis

Rsb
Rgu
Rgs
Ggd
Wsp
Gst
Asm
Hal
Sbs
Bbu
nsb
Vor
Sls
Pvg
Ksm
Bbbpu
Rgu
Tsm
Ssm

Bml
Syp
Mks
bbt
sab
Rmb
Gsb
Pls
Abd
Ptm
Rpp
Jmb
Jmb
काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनल खेलमा पुग्न सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो । जेम्स निशमले बनाएको ४४ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुगेलिनको बलमा बोल्ड आउट भए।
शुभ कंसाकार २६ रनमा रनआउट भए। १२ रन बनाउँदा हर्ष ठाकर सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए । ओपनर लाहिरु मिलान्था १४ बलमा २ चौका सहयोगमा १२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लु धरापमा परे। कप्तान आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए।
त्यस्तै सुदुरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट झारे। सैफ जैवले २ विकेट लिए। स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध खेल्ने छ ।
