शिवराज पन्थी आइतबार, माघ ११, २०७७

दाङ । देउखुरीको भौतिक पुर्वाधारमा बलियो बन्दै जाने क्रममा गढवा गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने भएको छ । आइतवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलले सो भवनको शिला अनाबरण गर्दै बिधिवतरुपमा उद्घाटन गर्नु भएको हो ।तीन तल्लाको कुल ४२ कोठा र एक सभाहल सहितको आधुनिक र सुविधा सम्पन्न सो भवन लुम्बिनी जलजला कन्ट्रक्सन कम्पनीले समयमै निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनु भयो । बिगत २०७४ सालमा निर्वाचित जनप्रतिनिधीहरु आएपछि गाउँपालिकाको पहिलो गाउँसभाले सो भवन निर्माण सुरुवात गरेको थियो ।

कुल ६ करोडको विनियोजित बजेटको इभिडिङ सिष्टमको टेण्डर प्रकृयाबाट कुल ४ करोड ७५ लाखको लागतमा भवन तयार भएको हो । निर्माण कम्पनिसंगको संझौता बमोजिम भवन निर्माण पुरा भएको छ । यसबर्ष अर्को चरणमा भवनको बाउण्ड्रीवाल,प्रतिक्षालय सहितको पार्क निर्माणको काम सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

यसअघि गढवा गाउँपालिकाले कृषि सेवाकेन्द्र बसेका २ वटा पुराना घरबाट सेवा प्रवाह गरेको थियो । सम्बन्धित शाखा पत्ता लगाउन गाह्रो थियो । अब हामी जस्ता सेवाग्राहीहरुले एउटै भवनबाट सेवा पाउँने छौ । जुन सेवा थप प्रभावकारी हुन सक्ने आसा लिएका छौं–सेवाग्राही सिता चौधरीले भनिन् । अबका दिनमा एउटै भवन भित्र छिरेपछि सबै शाखाहरु भेटिने छन् । गाउँपालिकाले कुन शाखा कतिनम्बर तल्लामा र कति नम्बर कोठामा रहेको छ भन्ने बडापत्र सहितको बोर्ड प्रबेशद्धारमै राख्न जरुरी छ,त्यस बिषयमा चाँसो दिइयोस–सेवाग्राही तथा राष्ट्रिय जनमोर्चा गढवाका इन्चार्ज दिनमणि आचार्यले भन्नु भयो ।

गढवा गाउँपालिकाले ३ बर्षको कार्यकालमा नयाँ र सुविधा सम्पन्न भवन तयार उद्घाटन गरेको छ भने सबै वडाहरुमा वडा कार्यालय भवनहर निर्माण गरिसकेको छ । वडा नं. छ र १ मा पनि निर्माण सम्पन्न भएका वडा कार्यालयहरु उद्घाटनको तयारीमा रहेको अध्यक्ष सहजराम यादवले जानकारी दिनु भएको छ ।

यस्तै सर्पदंश उपचार केन्द्र निर्माण गरि सेवा सुचारु भएको र वडा नं. ६ को कार्यालय वरिपरि ११ वटा सटरहरु निर्माण गरि ब्यापारिक प्रयोजनमा भाडामा दिएको गाउँपालिकाले जनाएको छ । पालिकाका हरेक बस्तिहरुमा सडक ग्राभेल,पक्किनाली निर्माण,बिद्युत्त बिस्तार, केही वडाहरुमा सडक कालोपत्रे,खहरे खोलाहरु तटबन्धन,बिद्यालय भवनहरु निर्माण र सामुदायिक स्वास्थ्य इकाइ भवनहरु निर्माण गरि भौतिक पुर्वाधारमा बलियो बन्दै गएको पालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखे्रलले छोटो समयमा गढवा गाउँपालिकाले गरेको भौतिक प्रगतिको प्रशंसा गर्दै नवनिर्मित प्रशासकीय भवनबाट नागरिकहरुलाई प्रभावकारी सेवा प्रबाहगर्न आव्हान गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानून तथा न्याय समितिका सभापति एवं प्रदेश सांसद दामा शर्मा, संबिधान सभाका पूर्व सांसद रश्मीराज नेपाली र वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकुरी हमालले बोलेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन योजना शाखाका प्रमुख कुलराज कुमालले गर्नु भएको थियो । सो अवसरमा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट स्वरोजगार बनेका पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले बाजागाजा र सोरठी नाचबाट मुख्यमन्त्रीको स्वागत भएको थियो ।

गढवामा अनलाईन प्रबिधिबाट सेवा शुरु

यसैबीच गढवा गाउँपालिकाले वडानं. ५ बाट अनलाईन पंजिकरण सेवा शुरु गरेको छ । शनिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रकाश भण्डारीले ब्यक्तिगत घटना दर्ता गरि अनलाइन ब्यक्तिगत घटना दर्ताको बिधिवत उद्घाटन गर्नुभएको छ ।

गढवा गाउँपालिका वडानं. ५ निवासी शिबकुमार चौधरी र सोही वडामा बस्ने बसन्ती चौधरीको बिवाह दर्ता गरि अनलाइन प्रबिधिको सेवा सुचारु भएको घोषणा गर्नु भएको हो । यसरी घटना दर्ता भएका सबै अभिलेखहरु सिधै नेपाल सरकारको पंजीकरण बिभागमा इण्ट्री हुने गाउँपालिकाका पंजिकरण शाखाका कर्मचारी ऋषि यादवले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]