
Ges
Mbf
dpm
Snmbs
Dpm
snmbs
Snmbs
Sdc
Gesld
Pbu
Dbc


काठमाडौँ। प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।
शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको शक्ति प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत भएको थियो । ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएको हो ।
जसअन्गर्तत माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल,युवराज ज्ञवाली,सुरेन्द्र पाण्डे,डिल्लीबजारको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले र लैनचौरको जुलुसको नेतृत्व भीम रावल,शक्तिबहादुर बस्नेतलगायतका नेताहरुले गर्नु भएको थियो ।
त्यस्तै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्ति वाटिकाबाट सुरु भएको मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई,त्रिचन्द्र कलेज अगाडिको जुलुसको देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री, वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले गर्नु भएको थियो ।विरोधसभामा एक लाख बढी कार्यकर्ता उतारेको समूहले दाबी गरेको छ ।संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाईएको छ ।
