
Lnp
Asb
Lks
Rgp
Rgp
Rgp
Ggp
Usb
Rgp
Sgp
Ggp
Dbs
lnp
Jns
Dus
Pbu
ksb


नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयाेजना र जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा ´´लैंगिक विभेदमा शून्य सहनशिलता, सुरक्षित समाजका लागि ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ ३३ औं लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा र्यालि तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख,उप-प्रमुख,प्रतिनिधिका साथै विभिन्न सरकारी तथा गैर सरकारी संघ-सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको १४ औं दिनमा प्रभातफेरी(र्याली) बिदुर लाेकतान्त्रिक चाैतारादेखि जिल्ला प्रशासन कार्यालयसम्म गरि जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा लैङ्गिक हिंसा सम्बन्धमा प्रस्तुतिकरण संगै अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
यस्तैगरि नुवाकोट जिल्लाका १२ वटै पालिकाहरुले याे अभियान मनाईरहेकाे छन् । त्यसमा पनि विदुर नगरपालिकाले भने बिदुर नगरपालिकाकाे १३ वटै वडाहरुमा र जिल्ला स्तरीय रुपमा सचेतनामुलक अन्तर्कृया, तथा गाेष्ठि कार्यक्रमहरु संचालन गरिरहेकाे छ ।
त्यस्तै १६ दिने अभियान कार्यक्रमकाे अन्तिम दिन १० डिसेम्बर विश्व मानव अधिकार दिवसको दिन सरकारि तथा गैरसरकारी संघ-संस्थाहरुसंग समन्वय गरि विदुर नगरपालिकाको वडा नम्बर ४ स्थित नुवाकोट आदर्श बहुमुखि क्याम्पस गेटमा बृहत् रुपमा कार्यक्रम संचालन गरि समापन गरिने जानकारी मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमति प्रदेशकि अध्यक्ष तथा संकल्प शान्ति न्याय र लाेकतन्त्रका लागि समावेशी महिला संजाल जिल्ला उपाध्यक्ष देवकि पाैडेलले जानकारी दिइन् ।

