
Gsbus
Ksbus
Gss
Gis
Ksbus
Gis
Lsbus
Ksbus
Gsbus
Lsbus
Gms
Gis
Gsl
Bsbus
ebg
Rsbus
Ssbus
Ksbus
bpmhl
Nssbush

Rgs
Sls
Rgu
Rgu
Ksm
Gst
Wsp
Bbu
Vor
Rsb
Hal
Asm
Sbs
nsb
Ggd
Bbbpu
Pvg
Tsm
Ssm

bbt
Ptm
Pls
Abd
Rmb
Syp
Mks
Jmb
Bml
sab
Gsb
Jmb
Rpp
काठमाडौं । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेको छ ।
जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल २५ रन जोड्दै आउट भए । यसपछि शिखर धवनले चाडविक वाल्टनसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै कर्णालीको जितलाई सहज बनाए ।
त्यस्तै धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन आउट भए । तर पाँचौ बलमा जिसन मकशुदले चौका प्रहार गर्दा एक बल अगाडि ४ विकेट गुमाएर कर्णालीलाई जित दिलाए । जिसन मकशुदले अविजित अविजित १२ रन बनाए । बलिङमा कुशल मल्ल, जान निकोल र रवि बोपराले समान १÷१ विकेट लिए ।
यस्तै यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन मात्र बनायो । खराब शुरूवात गरेको चितवनले ३ विकेट गुमाउँदा २२ रन मात्र बनाएको थियो । लुक बेनमकेन्सटाइन रनको खाता नखोली आउट भए भने दीपक बोहरा ८ रनमा र विपिन रावल ११ रनमा पबिलियन फर्किए। यसपछि रवि बोपरा र कप्तान कुशल मल्लले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे । कुशल २३ रनमा आउट भए ।
त्यस्तै रविले अर्धशतकीय पारी खेल्दै अविजित ५९ रनको पारी खेले । उनले ४० बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसपछि अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । बलिङमा विपिन शर्माले ३ र जुसन मक्सुदले २ विकेट लिए । तीन खेलमा कर्णालीले पहिलो जित हात पार्दै अंकको खाता खोलेको छ । तेस्रो खेल खेलेको चितवनको भने यो पहिलो हार हो । यसअघि दुई खेल जितेको चितवनसँग ४ अंक रहेको छ ।
