
Gsl
Ksbus
Ses
Ssbus
Ssbus
Gss
Nssbush
Ksbus
Lsbus
ebg
Lsbus
Gsbus
Bsbus
Gsbus
Ksbus
Gis
Ssbus
Ksbus
Gis
Gms

Tsm
Ssm
nsb
Ggd
Asm
Wsp
Sls
Pvg
Bbu
Rgu
Rsb
Vor
Ksm
Bbbpu
Sbs
Rgs
Gst
Hal
Rgu

sab
Jmb
bbt
Rmb
Ptm
Gsb
Mks
Syp
Abd
Bml
Jmb
Rpp
Pls
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा संचालित टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
“स्वास्थ्यकाे लागि खेलकुद,राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो ।
जस अन्तर्गत ६ टाेल सहभागी भलिवल पुरुष प्रतियोगिता तर्फ बिजाैरी टाेल प्रथम र शंकर टाेल द्वितीय भएका छन् । भने ४ टाेल सहभागी महिला भलिवल तर्फ बिजाैरी टाेल प्रथम र इन्द्रेणी टाेल द्वितीय भएका छन्।
त्यस्तै ७ टाेल सहभागी पुरुष फुटबल प्रतियोगितामा सगरमाथा टाेल प्रथम र शंकर टाेल द्वितीय भएका छन् । त्यसैगरी ६ टाेल सहभागी पुरुष क्रिकेट प्रतियोगितामा बिजाैरी टाेल प्रथम र शान्ति टाेल द्वितीय भएका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीहरुलाई क्रमश १३ हजार र १० हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सागर बुढालाई अनुशासित र उत्कृष्ट खेलडीकाे रुपमा छनाेट गरि कप र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ।
कार्यवाहक वडा अध्यक्ष चम्फा पुन मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्ने वक्ताहरुले खेलकुदले युवाहरूलाई अनुशासित,स्वास्थ्य र सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान महत्त्वपूर्ण पुर्याउने बताएका थिए ।
त्यस्तै उनिहरुले आगामी दिनमा पनि यस प्रकारका खेलकुद प्रतियोगिताहरु वडा र पालिका स्तरीयमा सञ्चालन गरि सक्षम खेलाडी उत्पादन गर्ने समेत बताए । प्रतियोगिता गत कार्तिक ३० गतेदेखि मंसिर २ गते सम्म चलेको थियोे ।

