Sidha Patra बुधबार, कार्तिक २१, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा तीन दिने फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

स्मृति बाल तथा युवा क्लब भैसहवाले कार्तिक १६ गतेका दिनदेखि आयोजना गरेको उक्त तीन दिने फुटबल  प्रतियोगिताको पहिलो खेलमा राजपुर-२ बेला फुटबल क्लब र लमही – ७ बनग्यै फुटबल क्लब बीच खेल भएकोमा बेलाले -४-१ गोलका साथ बनग्यैलाई पराजित गरेको थियो ।

यस्तै दोस्रो दिन दिन आयोजक ए टिम र राजपुर -२ गहिरा क्लब बीच भएको खेलामा आयोजक ए टिमले ४-३ गोलले गहिरालाई पराजित गरेको थियो भने सोही दिन आयोजक टिमको ए र बेला बिचमा भएको खेलमा १-१ गोल भै पेनाल्टी सुट आउटद्वारा बेलाले ४-३ गोलले आयोजक ए टिमलाई पराजित गरेर बेला फाइनल खेलमा प्रवेश गरेको थियो ।

बीचमा भाई टीका भएको कारण खेल १८ र १९ गते गरि दुई दिन रोकिएको थियो । फाइनल २० गते मंगलबार सम्पन्न उक्त खेला आयोजक बि र बेला बीच भएको खेलमा बेलाले ५- ० ले आयोजक बि भैसहवालाई पराजित गर्दै बेला प्रथम भएको हो ।

खेलमा प्रथम,द्वितीय हुने खेलाडी टिमलाई २२ गते चौठी मेलाको  समापनका दिन पुरस्कार वितरण गरिने क्लबका अध्यक्ष खिम बहादुर घर्तीले जानकारी दिए । कार्तिक २१ गते बेलुकादेखि सुरु हुने चौंथी मेलामा उपस्थित भइ मेलाको स्वभाव बढाइदिन सम्पूर्ण महानुभावलाई आयोजकले अनुरोध समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]