Sidha Patra बिहिबार, कार्तिक १५, २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ । उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो ।

नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो । रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले गोलको खाता खोलेका थिए।
तर बंगलादेशले निर्धारित समयको ९ मिनेट बाँकी रहँदा गरेको गोल नेपाललाई पुनः एक पटक फाइनलमा स्तब्ध बनाउन पर्याप्त रह्यो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो । मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गर्दै खेलमा बंगलादेशलाई अग्रता दिलाइन् । तर खेलमा नेपाल फर्किन सफल भयो।

नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १-१ को अवस्थामा ल्याएकी थिइन्। तर बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो। बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो । उक्त गोल नेपाललाई निरास बनाउन पर्याप्त बन्यो।देश-सञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]