
Sgr
Rgp
Rgp1
pku
Ggp
Pbu
Unsku
Lnp
Srbpu

Rgu
Rsb
Pvg
Rgu
Wsp
Gst
Asm
Ssm
Sbs
Bbu
Vor
Rgs
Sls
Bbbpu
Hal
nsb
Ksm
Ggd
Tsm

Bml
Jmb
bbt
Gsb
Mks
sab
Jmb
Pls
Ptm
Rpp
Syp
Rmb
Abd
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर २ मा रहेको जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां चयन गरेको छ ।
अध्यक्षमा नसरूल्लाह खां, सदस्यमा निसार अहमद फारूकी, आसिफ अन्सारी महिला सदस्यमा कमरून निसा, नसरीन बानो, रूविना खां, लगायत सर्वसम्मतिमा चयन गरिएको जानकारी विद्यालय प्रशाशनले जनाएको छ।
आज भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमामा शिक्षा प्रेमी प्रहलाद पाण्डेयले विद्यालय व्यवस्थापन समिति गठन प्रकृयाका बारेमा अभिभावक माझ प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै सोही विद्यालयका विद्यार्थीका अभिभावक साजिद अलिले नसरूल्लाह खां यस अघि पनि यस विद्यालयका लागि शौचालय व्यवस्थापन,भौतिक संरचना निर्माण,शैक्षिक व्यवस्थापन लगायत अन्य विद्यालयको विकासका लागि राम्रो काम गरि विद्यालय प्रति वफादारी गरेको बताए।
शिक्षक प्रतिनिधि अकबर अलि मुसलमान, सदस्य सचिवमा अकिल अहमद तथा पदेन सदस्यमा वडाध्यक्ष कृष्ण कुमार गुप्ता रहेका छन् । नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना किफायतुल्ला खांले व्यक्त गरे । अभिभावक भेला तथा विद्यालय व्यवस्थापन गठन समितिको भेलामा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, प्रा. सा. मनमोहन यादव,शिक्षा प्रेमी प्रहलाद पाण्डेय, सोही विद्यालयका पूर्व अध्यक्ष अब्दुल कलाम,मोहम्द सलिम, हैदर अलि लगायत अभिभावकहरूको उपस्थित रहेको थियो।
