
Ppu
Rsb
Ssb
Bsn
Ksb
Csb
Nsb
Gsb
Fmb
jsb
Ssb
Rks
Ksb
Tgp
Ksb
Usb

Tsb
Usb
Gsb
Hl1
Ssb

Nps
ptl
Rgu
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद आज सकिन लागेकाले पुनः म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो ।लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनी हाल कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ ।
त्यस्तै छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।
