
ebg
Ssbus
Gsbus
Ssbus
Gss
bpmhl
Gis
Ksbus
Bsbus
Gsbus
Ksbus
Gis
Gis
Rsbus
Gms
Gsl
Gsbus
Ksbus
Nssbush
Ssbus

Bbu
Gst
Ksm
Asm
Sls
Rgu
Vor
Ggd
Rsb
Wsp
Rgs
Ssm
Bbbpu
Tsm
Pvg
nsb
Rgu
Hal
Sbs

Jmb
sab
Ptm
Bml
Gsb
Rpp
Pls
Rmb
Abd
Syp
Jmb
Mks
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
पाँच पुर्णिामा मेला व्यवस्थापन समिति तथा जनजाति बाल तथा युवा क्लबको संयुक्त आयोजनामा भलिबल प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
मेला व्यवस्थापन समितिका अध्यक्ष बिशाल पुनको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले गाउँघरको रमाइलो मेलालाई अझै व्यवस्थित गरेर संचालन गर्नुपर्ने बताएका छन् । परम्परागत आफ्नो संस्कृती र सस्कारलाई जगेर्ना गर्दै राजपुर गाउँपालिकाले अन्य विकासका कार्यहरु अघि बढाइरहेको बताए ।
त्यस्तै उनले राजपुर गाउँपालिकामा आफुहरु निर्वाचित भएर आएपछि पहिलो कार्य शिक्षामा कक्षा १२ सम्म नि:शुल्कसंगै विद्यार्थीलाई होस्टेल समेतको व्यवस्थापन गरेर कार्य गरिरहेको बताए । कुनैपनि विकासका कार्यहरु गर्दा तत्काल नदेखिने र अहिले गरेको विकासको कार्यले अबको १० वर्षपछि मात्र उपलब्धि देखिने बताए ।
जनप्रतिनिधिले गरेको कार्यबाट जबसम्म जनता खुशी र सन्तुष्टि हुदैनन् ,तबसम्म जनप्रतिनिधिहरु सफल भएको नमानिने बताउँदै उनले भने अहिले राजपुर गाउँपालिकाद्वारा विभिन्न विकासका कार्यलाई अघि बढाउदै किसानले दुख गरेर उत्पादन गरेको हरेक बस्तुबाट बिचुलियाले फाइदा लिने गरेको कार्यलाई रोक्दै बेला-राजपुर सहकारी संस्था संचालनमा ल्याई नेपाल सरकारबाट पाउने सम्पूर्ण अधिकार सुनिश्चितका साथ किसानलाई प्रदान गर्ने कार्यलाई अघि बढाएको समेत बताए ।
बेला स्वास्थ्य चौकीकि स्वास्थ्य स्वयंसेविका रुपा (शर्मा) पुनको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,शंकर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनलाल पुन,यादव समाज सेवा संघका केन्द्रीय सदस्य बासुदेव यादव,शंकर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुमारी रोका,सोही विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्ला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुई दिनसम्म संचालन भएको मेलाको औपचारिक कार्यक्रमको संचालन संचारकर्मी मेगमन बुढाले गरेका थिए भने खुल्ला सांस्कृतिक कार्यक्रमको संचालन संचारकर्मी श्रवण कुमार यादव र ज्ञानु पुन मगरले गरेका थिए ।
त्यस्तै भलिबल प्रतियोगितामा प्रथम राजपुर गाउँपालिका वडा नम्बर ४ मुङ्ग्रेठा खोला,दृतियमा राजपुर – १ माररी खोला र तृतीयमा राजपुर -५ महतिनिया खोला रहेको छ ।
मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगिता खेल बुधबार मात्र सम्पन्न भएको थियो । आयोजक लगायत ९ टिमले भाग लिएको प्रतियोगिताको खेल टिटि सिस्टममा खेलाइएको थियो । प्रतियोगितामा बिजेता हुने टिमलाई नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
