
Dbs
Dus
Asb
Usb
Sgp
Lnp
ksb
Rgp
Rgp
lnp
Rgp
Ggp
Lks
Rgp
Jns
Ggp


काठमाडौँ । निरन्तर परेको अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । यस्तै ११ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । यसैगरी काठमाडौँमा १ जनाको मृत्यु हुँदा ४ जना बेपत्ता भएका छन् ।
त्यस्तै पाँचथरमा पनि २ जनाको मृत्यु भएको छ । यसैगरी ललितपुरमा १ जना, काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको छ। यसैगरी धादिङ र भक्तपुरमा क्रमशः १ जना र ४ जना बेपत्ता भएका छन् ।
