
Msbus
Ksbus
Asbus
Rgp
Lnp
Sdc
Ksbus
Ggp
Ggp


बुटवल । लुम्बिनी साहित्य सङ्गमको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बुटवलमा संस्थाकी अध्यक्ष भगवती बस्याल(भावना खनाल)को अध्यक्षतामा सम्पन्न भएको छ ।
यस कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरु संस्थाका उपाध्यक्ष डा.कृष्णराज डि.सी., महासचिव तेजप्रसाद खनाल, सहसचिव मनबहादुर खत्री, कोषाध्यक्ष रमा पन्त, सदस्यहरु दीपक बराल, सरस्वती ज्ञवाली, शंकरप्रसाद आचार्य, कमानसिंह विष्ट, सकुन्तला पौडेल, तथा सल्लाहकारहरु डा. घनश्याम परिश्रमी, राजनप्रसाद पन्त, लक्षिमा ज्ञवाली, लगायतको उपस्थिति रहेको थियो ।
यस कार्यक्रम मार्फत संस्थाले एघार ओटा महत्त्वपूर्ण प्रस्तावहरु प्रस्तुत गर्दै महत्त्वपूण निर्णय गरेको छ। कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती बस्याल (भावना खनाल) ले महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष डा.कृष्णराज डि.सीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार डा.घनश्याम परिश्रमीले महत्त्वपूर्ण सल्लाह सुझावसहित मन्तव्य व्यक्त गरेका थिए । उपस्थित अन्य विशिष्ट अतिथि एवम् सल्लाहकार प्राध्यापक लक्षिमा ज्ञवाली,विशिष्ट अतिथि प्राध्यापक राजनप्रसाद पन्त,लगायतले निक्कै सन्देश मूलक सल्लाह सुझाव सहित मन्तव्य राखेका थिए । साथमा निक्कै सन्देश मूलक रचनाहरु सुनाएका थिए । कार्यक्रमको सञ्चालन तथा माइन्यूट संस्थाका महासचिव तेजप्रसाद खनालले गरेका थिए । साथमा महासचिवले चारू वाचन गरेका थिए । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
