
Lnp
Rgp
Sgr
Rgp1
Pbu
Ggp
Srbpu
Unsku
pku

Rgu
Ggd
Bbu
Rgs
Gst
Pvg
Sls
Hal
Bbbpu
Vor
Sbs
Ksm
Rsb
Ssm
Asm
Wsp
Rgu
nsb
Tsm

Gsb
Abd
Pls
Jmb
Bml
Jmb
Rmb
Ptm
sab
Rpp
bbt
Mks
Syp
दाङ । राप्ती अञ्चलकै पुरानो नाका दाङको कोईलाबासमा पर्यटनको आकर्षण बढ्न थालेको पाइएको छ ।
गत २०८० को जेठ १० देखि कोईलाबासमा स्काई साईकिलीङ् उद्घाटन भएपश्चात् कोईलाबासमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्न थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकिले बताए ।
गत अबको गढवा गाउँपालिका वडा नम्बर ८ को ३० लाखको बजेटबाट कोईलाबास पुलको उत्तरतर्फ खोलामा फलामको तारबाट बिद्युत्तिय प्रविधीको प्रयोगगरी साईकिल वारपार गर्ने रमणियता आरम्भ भएपछि केबुलकारमा जस्तै पर्यटछकहरुको लर्को सुरु भएको पाईएको छ । हरेक आईतवार छिमेकी मूलूक भारतको उत्तरप्रदेशका विभिन्न स्थानहरुबाट ठूलो संख्यामा पर्यटकहरु आउने गर्छन् । उनिहरु स्काई साइकिलीङ् गरेर रमाउँछन् भने झोलुङ्गे पुलमा रमाउँछन् । मुख्यतः स्काई साईकिल चढ्ने,झुलुङ्गे पुल तर्ने र कोइलाबासमा रहेको भ्यूटावर चढेर भारतीय पर्यटकहरु भरपुर आनन्द लिने गरेको वडा अध्यक्ष सिद्दिकीले बताए ।
यत्तिमात्र होइन आकाशे साइकिल संचालनमा आएपछि शनिवार तथा हरेक दिन जसो आन्तरीक पर्यटकहरु पनि कोईलाबासमा आउने गरेको र स्काई साईकिलिङ चढेर रमाउने गरेको पाईएको छ । छिमेकी देश भारतमा सरसामानहरु किनमेल गर्न जाने अधिकांश नेपाली नागरिकहरु जिल्लाकै नयाँ मोडेलको पर्यटन आकर्षण स्काई–साईकिलमा चढेर रमाउन यहाँ आउने गरेका छन्वडा अध्यक्ष सिद्दिकीले भने ।
लमही,कोईलाबास सडक कालोपत्रे भएसंगै कोईलाबासको मुहार बिस्तारै फेरिन थालेको छ । यहाँ जनकपुर पछिको दोश्रो ठूलो रामजानकी मन्दिरको दर्शन गर्न पनि वर्षमा हजारौं आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गरेको मन्दिरका पूजारीले बताए । छिमेकी देश भारतका कैयौं विद्यालयहरुबाट विद्यार्थी लिएर कोईलाबासमा शैक्षिक भ्रमणमा शिक्षकहरु आउने गरेको पनि पाईन्छ । भारतीय पर्यटकहरु विशेष गरि रामजानकी मन्दिर, झोलुङ्गे पुल,स्काई साईकिल र भ्यूटावर हेर्न आउने गरेको पाईएको छ ।
त्यस्तै यस बाहेक कोइलाबासमा रहेको आँखा अस्पलालमा आँखा स्वास्थ्य सेवा लिन,होटलमा भारतको तुलनामा खानपिनमा फ्रिडम हुने भएकोले रमाउन र पहाड चढेर रमाउन अधिकांश भारतीय पर्यटकहरुको रोजाई भएको बताईएको छ । कोइलाबासको पर्यटन विकासमा थप प्रभावकारीता ल्याउन भारतीय भन्सार कष्टम नजिक आउनुपर्ने, होलसेलका ठूला ब्यापारी तथा उद्योगीहरु कोइलाबासमा आई पसल संचालन गर्नुपर्ने,बैंक तथा बित्तीय संस्थाहरु बस्नुपर्ने र होटल तथा रिसोर्टहरुको सञ्चालन गरिनुपर्ने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले बताए ।
कोइलाबासले पुर्नजिवन त पाउन नसक्ला यद्यपि नयाँ जीवन दिन यहाँको पर्यटन विकास अति जरुरी छ । कोइलाबासमा सुविधासम्पन्न स्विमीङ हाउस सहितको रिसोर्ट,खानेपानीको प्रयाप्तता, वडा कार्यालयदेखि डाँडागाउँ जोड्ने झोलुङ्गे पुल, बैंकहरुको स्थापना र भारतीय कष्टमलाई नजिक ल्याउन सकेमा कोईलाबासको पर्यटन विकास संभव छ । जसले गर्दा कोईलाबासको मुहार फेरिन सक्ने स्थानीय सामाजिक अभियन्ताहरु बताउँछन् ।
