
Ssb
Tgp
Ksb
Bsn
Nsb
Ksb
Fmb
Ksb
Csb
Ssb
Rks
Rsb
Usb
Gsb
jsb
Ppu

Usb
Gsb
Tsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । डिभिजन वन कार्यालय देउखुरीले राप्ती गाउँपालिकाबाट ३१ थान अवैध सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ । आइतवार विहान करिब नौ बजे राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा ल्याउदै गरेको ९३१।४९ क्युफिट ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले जानकारी दिनु भएको हो ।
पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी २२ वर्षिय जफर मिया र सोहि ठाउँ निवासी १९ वर्षिय मोहम्मद सरोज मिया रहेका छन् । उनिहरूलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रसादले जानकारी दिनु भयो । काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ । काठ संगै बेल्चा तीन थान,सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको थियो ।
