तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, भाद्र १४, २०८१

दाङ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिएकी छिन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले बिहीबार वडा नं. २ को बराखुटीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले परम्परागत तीजलाई मौलिक संस्कारमा मनाउनुपर्ने बताइन ।

त्यस्तै उनले तीज पर्व महिला दिदीबहिनीहरूको सुख, शान्ति र मनोरञ्जनको अवसर भए पनि पछिल्लो समय विकृति बढ्दै गएको उल्लेख गर्दै चिन्ता व्यक्त गरिइन । “हाम्रो मौलिक पर्व र संस्कृतिमा देखिएका विकृतिहरूलाई रोक्न र परम्परागत मान्यतालाई बचाउनुपर्छ,” उनले भनिन । चाडपर्वमा हुने खाने र नहुनेबीचको विभेदले सामाजिक एकतालाई असर गरेको बताउँदै मौलिकता र संस्कृतिको संरक्षण आवश्यक रहेकाेमा जोड दिइन ।

शर्माले वर्तमान सरकारले संविधान संशोधनको नाममा जनताको अधिकार खोस्ने प्रयासमा लागेको आरोप लगाउनुभयो। उनले संविधानले दिएको समानुपातिक समावेशिता र उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई कमजोर बनाउन सरकार लागिपरेको बताइन । “यो सरकार दलित, मुस्लिम, महिला, जनजाति लगायत उत्पीडित समुदायको अधिकार खोस्न चाहन्छ,” शर्माले भनिन । “हामी यी अधिकारको रक्षा गर्न संगठित हुनुपर्छ।”

लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मौलिक पहिचान र संस्कृतिको संरक्षण सबैको दायित्व रहेको बताउनुभयो। उनले तीजलाई देखासिकीभन्दा आपसी खुशीको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज अन्जान चौधरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङकी इन्चार्ज पुनम शेरपाईली, पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँ कमिटीका अध्यक्ष दुरपती चौधरीकाे अध्यक्षता तथा जिल्ला सदस्य भगवता अधिकारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव बालिका सुनारले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]