
Srbpu
Ggp
pku
Sgr
Unsku
Rgp
Lnp
Pbu
Rgp1

Hal
Wsp
Ggd
Ksm
nsb
Sbs
Rsb
Asm
Gst
Sls
Rgu
Bbbpu
Vor
Bbu
Rgu
Tsm
Rgs
Pvg
Ssm

Mks
bbt
Gsb
Syp
Jmb
Ptm
sab
Pls
Bml
Rpp
Jmb
Abd
Rmb
दाङ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिएकी छिन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले बिहीबार वडा नं. २ को बराखुटीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले परम्परागत तीजलाई मौलिक संस्कारमा मनाउनुपर्ने बताइन ।
त्यस्तै उनले तीज पर्व महिला दिदीबहिनीहरूको सुख, शान्ति र मनोरञ्जनको अवसर भए पनि पछिल्लो समय विकृति बढ्दै गएको उल्लेख गर्दै चिन्ता व्यक्त गरिइन । “हाम्रो मौलिक पर्व र संस्कृतिमा देखिएका विकृतिहरूलाई रोक्न र परम्परागत मान्यतालाई बचाउनुपर्छ,” उनले भनिन । चाडपर्वमा हुने खाने र नहुनेबीचको विभेदले सामाजिक एकतालाई असर गरेको बताउँदै मौलिकता र संस्कृतिको संरक्षण आवश्यक रहेकाेमा जोड दिइन ।
शर्माले वर्तमान सरकारले संविधान संशोधनको नाममा जनताको अधिकार खोस्ने प्रयासमा लागेको आरोप लगाउनुभयो। उनले संविधानले दिएको समानुपातिक समावेशिता र उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई कमजोर बनाउन सरकार लागिपरेको बताइन । “यो सरकार दलित, मुस्लिम, महिला, जनजाति लगायत उत्पीडित समुदायको अधिकार खोस्न चाहन्छ,” शर्माले भनिन । “हामी यी अधिकारको रक्षा गर्न संगठित हुनुपर्छ।”
लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मौलिक पहिचान र संस्कृतिको संरक्षण सबैको दायित्व रहेको बताउनुभयो। उनले तीजलाई देखासिकीभन्दा आपसी खुशीको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज अन्जान चौधरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङकी इन्चार्ज पुनम शेरपाईली, पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँ कमिटीका अध्यक्ष दुरपती चौधरीकाे अध्यक्षता तथा जिल्ला सदस्य भगवता अधिकारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव बालिका सुनारले गरेकि थिइन् ।

