
Rksr-7
jsbr-3
Usbl-7
Gsbr-6
Gsbg-3
ksbl-7
Csbg-7
Jsbg-7
Msbg-2
Pbu


बाँके । बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको हो ।
त्यस्तै घाइतेहरुको अहिले नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।
