
Syees
Bksbus5
Rbs
Csbus
Gsl
dsbus
Gsbus
Pbu
gms
Ddhbs
syysr
Nssbus7
Amb
Jsbus
Ratbs
Ssbus

Asm
Ssm
Rgu
Rsb
Bbu
Rgu
Tsm
Sls
Hal
Pvg
Wsp
nsb
Gst
Rgs
Vor
Ggd
Sbs
Bbbpu
Ksm

Jmb
Rmb
Pls
Abd
Bml
Rpp
sab
Mks
bbt
Ptm
Jmb
Syp
Gsb
दाङ । डान्स च्याम्पियन सिजन टु अन्तरगत उत्कृष्ट ६ मा पुग्न सफल रजिना चौधरीलाई देउखुरी पब्लिक स्कुलले एक कार्यक्रमको आयोजना गरि बुधबार भव्य सम्मान गरेको छ ।
स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक तिर्थराज पाण्डेको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले रजिनाले पाएको सफलता देउखुरी पब्लिक स्कुल परिवारको मात्र नभएर दाङ जिल्लाकै सफलता भएको बताएका छन् ।
देउखुरी पब्लिक स्कुलको कक्षा ६ मा अध्ययनरत रजिनाले सम्पूर्ण प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ६ थौं स्थानसम्म आइपुगेकोले आफू र स्कुल परिवार अत्यन्तै खुशी भएको बताए । यस्तै प्रमुख अतिथि केसीले आगामी हुने फाइनल कार्यक्रममा आवश्यक भोटका लागि विद्यालयले पहल गर्ने प्रतिबद्धता जनाउदै तनमनदेखि मिहेनत गरेर फाइनल कार्यक्रमका लागि तयारी गर्न आग्रह गर्दै प्रथम बिजेताका लागि अग्रिम शुभकामना समेत दिए ।
त्यस्तै उनले आफ्नो स्कुल दाङ जिल्लामै फरक एवं पिर्थक किसिमले विभिन्न कार्यक्रमका साथ संचालन भइरहेको र अब केहि वर्ष भित्र नमूना स्कुल हुने समेत बताए । यस्तै प्रअ केसीले सम्पूर्ण विद्यार्थीलाई आफ्नो रुचि अनुसार अगाडि बढ्न आग्रह गरे । यस्तै उनले विद्यार्थीका प्रतिभा र क्षमतालाई अगाडी बढाउनका लागि स्कुल परिवारले निरन्तर सहयोग गर्ने समेत बताए ।
रजिनाले डिजिटल अनलाइन अडिसेनका ५ हजार बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो स्थान हासिल गर्न सफल भएको जिके डान्स एकेडेमीका नृत्य प्रशिक्षक पोषण भण्डारीले जानकारी दिए । यस अघि रजिनाले जिके डान्स एकेडेमीमा नृत्य प्रशिक्षण लिएर देउखुरी डान्सिङ स्टारमा दोस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् ।
त्यस्तै रजिनाकी आमा सिमा चौधरीका अनुसार उनि सानैदेखि पढाईसंगै डान्समा पनि धेरै रुचि राख्ने गरेकी थिइन् । रजिनाकी एक बहिनी पनि रहेकी छिन् भने बुवा अहिले वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेका छन् ।
कक्षा १० मा अध्यनरत क्याप्टेन युवराज डाँगीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा रजिनालाई टीका, खादा,मायाको चिनो र केक काटेर स्कुल परिवारले भव्य सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा शिक्षक हेमन्त भुसाल,रजिनाका आमा सिमा चौधरी लगायतले रजिनालाई आगामी हुने फाइनल कार्यक्रमबाट प्रथम बिजेताका लागि शुभकामना दिएका थिए भने उक्त कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप सदस्य तथा अङ्ग्रेजी शिक्षक सन्दीप खनालले गरेका थिए ।
त्यसैगरी रजिनालाई www.aventoz.com/ग्लोबल बैंक तथा ई-सेवा र मोबाईल बैंकिङबाट भोट गर्न सकिनेछ ।
