
Gsl
Jsbus
Ratbs
Pbu
Rbs
Nssbus7
Syees
syysr
Bksbus5
Csbus
gms
Amb
Gsbus
Ssbus
dsbus
Ddhbs

Pvg
Tsm
Sbs
nsb
Rsb
Bbbpu
Ggd
Rgu
Rgu
Vor
Gst
Wsp
Rgs
Asm
Bbu
Hal
Sls
Ksm
Ssm

Ptm
Gsb
bbt
Rmb
Jmb
Abd
sab
Syp
Bml
Pls
Rpp
Mks
Jmb
दाङ । नेपाल सरकारले सञ्चालन गरेको पढ्दै सिक्दै र कमाउँदै कार्यक्रमका बारेमा बुधवार देउखुरीको गढवा गाउँपालिकामा सरोकारवालाहरु बीच अभिमुखिकरण गरिएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार र स्विच सरकारको साझेदारीमा देशका सातै प्रदेशहरुमा सञ्चालन भएको दिगो तथा सम्मानीत रोजगारीका लागि सिप परियोजना अन्तर्गत औद्योगिक प्रशिक्षर्थी तालिम सम्बन्धि अभिमुखिकरणका बारेमा ब्यापक छलफल गरिएको हो ।
नेपाल सरकार अन्तर्गत सामाजिक बिकास मन्त्रालयद्वारा भ्ल्क्क्ग्च्भ् परियोजना मार्फत २०७६ सालदेखि सातै प्रदेशमा यो कार्यक्रम सञ्चालन गरिदै आएको र लुम्बिनी प्रदेश अन्तर्गत ११ पालिकाहरुमा यो कार्यक्रम संचालनमा रहेको कार्यक्रममा जानकारी गरिएको हो । नेपाली युवाहरुमा देखिएको बढ्दो बिदेश पलायनलाई रोकथाम गरी स्वदेशमै श्रम, सिप र रोजगार प्रबर्धन गर्न नेपाल सरकारले यस्तो कार्यक्रम ल्याएको बताइएको छ ।
त्यस्तै यो कार्यक्रम अन्तर्गत सिप प्रवर्धन, बृत्ति परामर्श,क्षमता अभिबृद्धि र ब्यवसाय जन्य स्वास्थ्य सुरक्षा गरि चार सेक्टरमा प्रशिक्षार्थीलाई सिकाई प्रदान गरिने परियोजनाका लुम्बिनी प्रमुख राजकुमार सेतिमहरले जानकारी दिए । एस.एल सि. वा एसईई पास गरेका जनशक्तिले प्रबेश परीक्षा पास गरेर यसमा भर्ना हुन पाईने, काम गर्दै सिक्दै र कमाउँदै गर्ने अवसर रहने, सुरुवातमा ३ महिना सम्बन्धित विद्यालयमा सैद्धान्तिक कक्षा लिने, तत्पश्चात हप्तामा १ दिन विद्यालय र बाँकी सबै दिन उद्योगहरुमा प्रयोगात्मक सिकाई रहने, हातमा सिप र साथमा सिटिईभिटीको प्रमाणपत्र दुवै पाईने, रोजगारीको ग्यारेण्टि रहने, न्यूनतम ज्यालाको २५ प्रतिशत रकम सिक्ने उद्योगमा प्रोत्साहन स्वरुप पाईने, सरकारको तर्फबाट दैनिक १ सयका दरले यातायात खर्च वापत् २४ महिनामा ५२ हजार प्राप्त हुने, बर्षमा एक पटक पोशाक खर्च वापत ३ हजार पाईने र श्रम ऐन बमोजिम दुर्घटना बिमाको सुविधा समेत प्राप्त हुने कार्यक्रम सहयोग ईकाई लुम्बिनीका राजकुमार सेतीमहरले जानकारी दिए ।
सरकारको यस अभियान अन्तर्गत विद्यार्थीले २४ महिनामा निःशुल्क प्रि–डिप्लोमा अटोमोवाईल इन्जीनियरिङ, होटल ब्यवस्थापन, इलेक्ट्रीकल इन्जीनियरिङ, मेकानिकल इन्जिनीयरिङ, प्रि–डिप्लोमा सिभिल इन्जीनियरिङ (कण्ट्रक्सन), वालबिकास सहजकर्ता र प्रि–डिप्लोमा सुचना प्रबिधि लगायतका विषयहरुमा अध्ययन गर्न पाईने बताइएको छ । यो वर्ष पढ्नका लागि नाम निकाले पछि विद्यालय, उद्योग र विद्यार्थी बीच त्रिपक्षिय संझौता गरिने सीप सिकेपछि स्वदेशमै रोजगार पाईने र सीप सिक्नेवेला पनि पढ्दै कमाउदै गर्न पाईने प्रावधान रहेको सरोकारवाला निकायले जनाएको छ । कार्यक्रममा शैक्षिक शरोकारवालाहरु, संघसंस्था, जनप्रतिनिधी, पत्रकार र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो ।
