प्रिया स्मृतीगजमेर/लमही बुधबार, भाद्र ०५, २०८१

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही-कोइलाबास सडकलाई फराकिलो बनाउने अभियानको शुरु गरेका छन् ।

बुधबार आज बिहान प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर सडक फराकिलो अभियानको थालनी गरेका हुन् । ‘यो संकेत हो, ३५ दिने सूचना समेत प्रकाशित भैसकेको छ, मैले मेरो घर भत्काउछु भनेर शुरुमै भनेको थिए त्यसै अनुरुप आज मेरै घरबाट शुरु गरे अब यो सडकमा निर्माण गरिएका घरहरु भत्किनु पर्दछ’- नगर प्रमुख चौधरीले भने । म धेरै कुरा बोल्न चाहान्न मैले संकेत दिई सकेको छु, यो संकेतलाई बुझेर सबैले आ-आफ्नो व्यवस्था गर्नु हुनेछ भन्ने मलाई विश्वास छ’- उनले पत्रकारहरुसंग बताए ।

त्यस्तै उक्त स्थानमा डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी,नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी सहित प्रहरी,जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए । लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान शुरु भएको हो ।

सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो। साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो।
हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]