
Pbu
Rgp1
Unsku
Ggp
Rgp
Lnp
Srbpu
pku
Sgr

Sbs
Rsb
Rgu
Ssm
Rgu
Sls
Ksm
Ggd
Hal
Wsp
Bbu
Rgs
Vor
Tsm
Asm
Gst
nsb
Bbbpu
Pvg

Rpp
Pls
Jmb
bbt
Jmb
Mks
sab
Abd
Bml
Ptm
Syp
Gsb
Rmb
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही-कोइलाबास सडकलाई फराकिलो बनाउने अभियानको शुरु गरेका छन् ।
बुधबार आज बिहान प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर सडक फराकिलो अभियानको थालनी गरेका हुन् । ‘यो संकेत हो, ३५ दिने सूचना समेत प्रकाशित भैसकेको छ, मैले मेरो घर भत्काउछु भनेर शुरुमै भनेको थिए त्यसै अनुरुप आज मेरै घरबाट शुरु गरे अब यो सडकमा निर्माण गरिएका घरहरु भत्किनु पर्दछ’- नगर प्रमुख चौधरीले भने । म धेरै कुरा बोल्न चाहान्न मैले संकेत दिई सकेको छु, यो संकेतलाई बुझेर सबैले आ-आफ्नो व्यवस्था गर्नु हुनेछ भन्ने मलाई विश्वास छ’- उनले पत्रकारहरुसंग बताए ।
त्यस्तै उक्त स्थानमा डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी,नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी सहित प्रहरी,जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए । लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान शुरु भएको हो ।
सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो। साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो।
हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको छ ।
