
Rgp1
pku
Ggp
Sgr
Rgp
Srbpu
Lnp
Pbu
Unsku

Asm
Ksm
Sls
Vor
Rgs
Sbs
Rsb
Ssm
nsb
Pvg
Gst
Tsm
Rgu
Hal
Bbbpu
Rgu
Wsp
Ggd
Bbu

Pls
Gsb
Abd
Rpp
bbt
Jmb
Jmb
Ptm
Rmb
Bml
sab
Mks
Syp
रोल्पा । निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोे छ ।
रोल्पा नगरपालिका वडा नम्बर २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका-१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए ।
त्यस्तै उनिहरु शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डिएसपी लामाले जानकारी दिए । यस्तै अर्का एक घाइतेको भने रोल्पा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
