
Ggp
Pbu
Lnp
pku
Srbpu
Unsku
Rgp1
Sgr
Rgp

Sbs
Bbu
Gst
Ksm
Wsp
Tsm
Asm
Ssm
Ggd
Pvg
Hal
Bbbpu
nsb
Rgs
Rgu
Rsb
Rgu
Sls
Vor

bbt
Abd
Syp
Rpp
sab
Jmb
Jmb
Gsb
Rmb
Mks
Bml
Pls
Ptm
काठमाडौँ । वर्षायामसंगै देशभरका विभिन्न स्थानमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि सोमबार पनि देशभर साधारणतया बदली रहने छ । बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
