तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, साउन २५, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गाउँपालिकाका भालुवाङ र पाखापानी बजारको अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा ती बजारको अनुगमन गरेको हो । २ दिनको अनुगमनको क्रममा भालुवाङ पुल्चोक बजार र पाखापानी बजार क्षेत्रका कुल ४६ वटा पसलको अनुगमन गरेको छ ।

जसमा ३६ वटा होटल, ३ वटा मासु पसल, १ वटा बथ स्थल, ४ वटा किराना पसल र १ वटा डेरी, १ वटा कोल्डड्रिङ गरि ४६ वटा पसलहरुको अनुगमन गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा हैजा, झाडापखाला, डेंगी लगायतका रोगको संक्रमण फैलिरहेको र होटल, मासु पसल, बथ स्थल, डेरी, गल्ला तथा किरानाहरुमा हुने अखाद्य वस्तुहरुको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै सेवाग्राहीहरु ठगिने समस्यालाई मध्यनजर गरी बजार अनुगमन थालिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए ।

त्यस्तै अनुगमनको क्रममा अधिकाशं होटलहरुमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको छ भने अखाद्य वस्तु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुर्दशन गोसाईले जानकारी दिए ।

त्यसैगरि फुट कलर हालेको, म्याद नाघेका सामानहरू फेला परेको र सरसफाईमा कमी देखिएको खाद्य निरिक्षक गोसाईले बताए । फेला परेका अखाद्य वस्तुहरुको तत्कालै नस्ट गरिएको छ भने त्यस्ता बस्तु भेटिएका पसलका सञ्चाकहरुलाई पहिलो पटकका लागि सचेत गराइएको खाद्य निरिक्षक गोसाईले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकहरु, इलाका प्रहरीकार्यालय भालुवाङका प्रहरी, स्वास्थ्यकर्मी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

अनुगमन अझै केही दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]