तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, साउन २३, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

मंगलबार भएको बालबालिकाहरुकाे भेलाबाट मुक्तिराम उपाध्यायको अध्यक्षतामा १५ सदस्य बाल सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा दिपा घर्ती मगर,सचिवमा नरेन्द्र खत्री,सहसचिवमा माेनिका चाैधरी र कोषाध्यक्षमा चुरामणी पेङ्गी मगर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा आर्यन चाैधरी,जीवन विक ,अनुष्का चाैधरी,कृतिका चाैधरी,सिरिष चाैधरी,कृतिना चाैधरी,अनमाेल चाैधरी,बिक्रम पाैडेल,अप्सरा चाैधरी र अमर चाैधरी रहेका छन् ।

कार्यक्रमका गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,वडा सदस्य सुन्दर शाही ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी लगायतले नव गठित बाल सञ्जाललाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिएका थिए ।

त्यस्तै बालअधिकार र बालश्रमकाे नाममा कतिपय बालबालिकाहरुले घरकाे सामान्य काममा समेत अभिभावकहरुलाई सहयोग नगर्ने पाइएको बताउदै त्यसाे गर्न नहुने उनीहरुकाे भनाइ थियो । उनीहरुले बाल सञ्जाललाई गाउँपालिका,वडा तथा आ-आफ्नो व्यक्तिगत तर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले बालमैत्री वडा घाेषण गर्ने तयारीका साथ वडा नम्बर ८ का १० वटै टाेलहरुमा बाल सञ्जाल गठन गरि सकेकाे छ ।

यसैबीच राप्ती गाउँपालिका श्रम तथा राेजगार सेवा केन्द्रले बालबालिकाहरुलाई बालअधिकार र बालश्रम सम्बन्धी जानकारी गराएको छ । केन्द्रका प्रमुख मुमाराम भुसालले सहभागी बालबालिकाहरुलाई बालअधिकार र बालश्रम सम्बन्धी संविधानमा उल्लेख भएको व्यवस्था बारे जानकारी गराएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]