
Rksr-7
Gsbr-6
Pbu
Usbl-7
jsbr-3
ksbl-7
Jsbg-7
Csbg-7
Msbg-2
Gsbg-3


काठमाडौँ । गत जेठ २८ गतेदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै प्रहरीका अनुसार बाढी,पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी १ सय ५४ जनाको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १ सय ८६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १ सय ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ताको खोजी कार्य जारी छ ।
यसैगरी बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले बताएको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन् । बाढी, पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने,पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।
