आलोक भाबुक/गढवा शनिबार, साउन १९, २०८१

दाङ । दाङको घोराहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक बस्नेतको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ मछाही बस्ने कुलबहादुर बस्नेत रहेका छन् । बस्नेतलाई घोराही -१० को फन पार्कमा २ प ५०८५ नम्बरको टिप्परले उनी सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएका बस्नेतलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । बस्नेतको उक्त प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]