
Usbl-7
Rksr-7
Jsbg-7
Gsbr-6
Gsbg-3
jsbr-3
ksbl-7
Pbu
Msbg-2
Csbg-7


दाङ । युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले कार्यसमिति हेरफेर गरेको हो ।
कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरू निष्कृय भएपछि कार्यसमितिलाई क्रियाशील बनाउन समिति हेरफेर गरिएको हो । जस अनुसार माइकल बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा अर्जुनकुमार बस्नेत,झलकसिंह रसायली, कोषाध्यक्षमा पवित्रा विश्वकर्मा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिलनाथ योगी रहेका छन् ।
त्यस्तै नवगठित कार्यसमिति सदस्यहरूमा भिष्म श्रेष्ठ,तिलक रायमाझी,मोहम्मद साहिद,श्रीरोका मगर,रमित चौधरी चयन रहेका छन् । भेलाले सल्लाहकार समेत चयन गरेको छ । जसमा अध्यक्ष सल्लाकारमा अषेश न्यौपाने,वरिष्ठ सल्लाकारमा इन्द्रकुमार खड्का,कानुनी सल्लाकारमा यादव पाण्डे(सुरज), सल्लाकारहरुमा अमित कुमार गुप्ता, रितेष खड्का रहेका छन् ।
त्यस्तै प्रेस संयोजकमा लमहीका लागि टेकबहादुर पुन, राप्तीका लागि ओमप्रकाश गुप्ता र गढवाका लागि श्रवण कुमार यादव चयन भएका छन् । भेला माइकल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने भेलाको सहजीकरण पवित्रा विश्वकर्माले गरेकी थिइन् ।
