Sidha Patra शनिबार, साउन १९, २०८१

दाङ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गोरखा उमावि घोराहीका उत्सव घिमिरे देशकै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छन् ।

गत बैशाख १४ गते भएको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा उत्सवले ३.९६ जिपिए प्राप्त गरी देशकै उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले दावी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी उत्सव पढाइमा कक्षा १२ सम्मै सधै प्रथम भएको प्रधानाध्यापक घर्तीले बताए । उत्सव एसइइमा पनि जिल्ला प्रथम भएका थिए ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले ब्यवस्थापन संकायमा जिल्ला उत्कृष्ट नतिजा ल्याएको विद्यालयले दाबी गरेको छ । ब्यवस्थापन संकाय प्रमुख डम्बर डाँगीका अनुसार गोरखा तुलसीपुरबाट कोमल केसी ३.८५ जीपीए ल्याएर जिल्ला प्रथम भएका छन् । यो सहित विद्यालयले लगातार तीन वर्षसम्म जिल्ला प्रथम हुन सफल भएको उनको दाबी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]