
Ksb
Usb
Nsb
Ssb
jsb
Fmb
Csb
Gsb
Ksb
Tgp
Ppu
Ksb
Ssb
Rsb
Rks
Bsn

Usb
Gsb
Hl1
Tsb
Ssb

Rgu
ptl
Nps
दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर २ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को चिराघाट खोलाले बगाउँदा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरका दाजुभाइ झारगाउँबाट शान्तिनगर – ४ गिदनियामा आफन्तको घरमा भेटघाट गरी फर्किंदै थिए । दुबै दाजुभाइले बुधबार दिउँसो साढे १२ बजेतिर सँगै चिराघाट खोला तर्ने क्रममा त्यसमा आएको बाढीले बगाएको थियो ।
उक्त खोलामा ६४ वर्षीय भाइ चेतबहादुर भण्डारी भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ । तेजबहादुरको शव बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा फेला परेको हो । शव पोष्टमर्टमका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
