
Gsbg-3
Rksr-7
Csbg-7
Gsbr-6
ksbl-7
Jsbg-7
Pbu
Usbl-7
Msbg-2
jsbr-3


काठमाडौँ । तारकेश्वरबाट प्रहरीले खैरो हेराइन सहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् ।
त्यस्तै उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
यसैगरी आरोपीहरूको साथबाट प्रहरीले ८ दशमलव ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
आरोपीहरू माथि प्रहरी वृत बालाजुले अनुसन्धान गरि रहेको जनाएको छ ।
