
Sdc
Msbus
Ggp
Ggp
Lnp
Asbus
Ksbus
Ksbus
Rgp


दाङ । नेपाल रेड्क्रस सोसाइटी गढवा शाखाको आयोजनामा राजपुर गाउँपालिका भित्रमा रहेका ३२ वटा विद्यालयमा माक्स र सेनिटाइजर वितरण संगै अति विपन्न परिवारलाई नगद धनराशि वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
गत शुक्रबारदेखि सोसाइटीले राजपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको सोमइ प्राथमिक विद्यालय लाई २२०० थान माक्स, १० बोटल सेनिटाइजर,२ पाकेट ग्लोभस त्यस्तै वडा नम्बर ५ को जंग्रहवामा रहेको दिपज्योती प्राथमिक विद्यालयलाई ८सय ५० वटा माक्स,१५ बोटल सेनिटाइजर,२ पाकेट ग्लोभस २ नम्बर का वडा अध्यक्ष दुर्गाप्रसाद शर्मा,वडा ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी ने.रे.सो दुलैया उपशाखाका सभापति राजकुमार यादव कोषाध्यक्ष हेमकुमार जिसी,नेरेसो दाङ जिल्ला शाखा इनकोर कार्यक्रमका सा.प.अ देवी प्याकुरेल,कार्यक्रमका सा.प्रशिक्षक लक्ष्मण निरौला,विद्यालयका प्रअ,शिक्षक लगायतको उपस्थितिमा कार्यक्रमको पहिलो दिन ६ वटा विद्यालयमा सो सामाग्री वितरण गरेको थियो ।
त्यसैगरी सो कार्यक्रम मार्फत सोसाइटीले राजपुर गाउँपालिका वडा नम्बर १ मा रहेको रामेश्वरी प्राथमिक विद्यालय,वडा नम्बर ३ को शंकर प्राथमिक विद्यालय,वडा नम्बर ४ मुङग्रेठा खोलामा रहेको दिपज्योती प्राथमिक विद्यालय वडा नम्बर ७ को सिक्टा मा.बि,सुर्योदय प्राथमिक विद्याल बनकटी, जनप्रीय आधारभूत विद्यालय गोठुवामा पुगेर स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ भने नेरेसोले अन्य ६ वटा विद्यालयहरुमा हात धुने पानीको ड्रम स्थापना सहयोग गर्ने यो वर्ष इनकोर कार्यक्रमको योजना रहेको छ ।
त्यस्तै नेरेसोले इनकोर कार्यक्रम मार्फत राजपुर-४ को रोहिनिया,वडा नम्बर ५ को महतेनिया खोला,७ को गोठुवा गरि ९७ जना अति विपन्न संकटा सन्ना परिवारलाई बाख्रा पालन,साना किराना पसल संचालन तथा कुखुरा पालन व्यवसायी एवं जिबिको पार्जनका लागि ससर्त नगद अनुदान मार्फत प्रत्येक व्यक्तिलाई रकम फिर्ता नहुने गरि जनही २५,००० हजारका दरले सहयोग गरेको इनकोर कार्यक्रमका सामाजिक परिचालक अधिकृत देवी प्याकुरेलले जानकारी दिनु भएको हो । त्यसैगरी उहाँका अनुसार नेरेसोले वडा नम्बर १ कठबेरुवा र वडा नम्बर ४ दुलैयामा नि:शुलक १ दिने स्वास्थ्य शिविर समेत संचालन गरि सकेको जानकारी दिनु भयो ।
